बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।

प्रकाशित: Oct 01, 2026| 09:22 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्