मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खनालको श्रीलंकन समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री खनालको श्रीलंकन समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि श्रीलंकाको स्थायी नियोगमा श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिता हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई श्रीलंका सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा उपलब्ध गराएको आर्थिक र मानवीय सहयोगप्रति आभार व्यक्त गरेका थिए।

दुवै मन्त्रीले नेपाल–श्रीलंका मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरे। उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठक नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिँदै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल र जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रकाशित: Sep 29, 2026| 08:19 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्