शनिबार, असोज १०, २०८३

दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

काठमाडौं। चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो।

गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ।

गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा स्मार्टफोन आयातको संख्या करिब ७५ हजार थानले घटेको छ। तर आयात मूल्य भने ८६ करोड ७७ लाख रुपैयाँले बढेको छ।

यस आधारमा गत आवको तुलनामा चालु आवको पहिलो दुई महिनामा स्मार्टफोन आयातको औसत मूल्य बढेको देखिन्छ। गत आवमा प्रतिथान औसत आयात मूल्य करिब १७ हजार ७५२ रुपैयाँ रहेकामा चालु आवमा यो करिब २२ हजार ९२६ रुपैयाँ पुगेको छ।

प्रकाशित: Sep 26, 2026| 16:36 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्