शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

ताप्लेजुङ। ताप्लेजुङको दोभान बजारमा दोस्रो पटक आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरु जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपैयाँ मूल्य बराबरको क्षति भएको हो।

प्रहरी निरीक्षक यादवका अनुसार आगलागीबाट पसलका सामानहरु र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको छ। उनका अनुसार पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्यांकनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको हो।

प्रहरीका अनुसार लाक्पाचुङ शेर्पा (डण्डु)को घरबाट आगलागी सुरु भएको थियो। उक्त आगलागीबाट आठ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन्।

दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो। त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो भने करिव ४० करोड रुपैयाँ बढी क्षति हुन पुगेको थियो।

प्रकाशित: Sep 25, 2026| 17:50 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्