बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

ताप्लेजुङको दोभान बजारमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

 |  बिहीबार, असोज ८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०८३

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भएको भीषण आगलागीबाट ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

विहिबार दिउँसो स्थानीय डङ्डु शेर्पाको दुईतले घरमा रहेको कपडा पसल र होटलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमान्डमा टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण तथा उद्धार कार्य जारी राखेको छ। हालसम्म आगलागीबाट कुनै मानवीय क्षति भएको छैन।

प्रकाशित: Sep 24, 2026| 17:15 बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्