कुनै–कुनै फिल्मको कथाले दर्शकको मन छुने गर्छ । हलसम्म पुगेका दर्शकका फिल्म हेरिसकेपछि आँखा नै रसाउने गर्छन् । यहाँ केही त्यस्तै दर्शकका आँखा रसाउन सफल बलिउड फिल्मको चर्चा गरिएको छ ।
तेरे नाम
सलमान खानले बलिउडमा उचाइ लिने क्रमको फिल्म हो तेरे नाम। त्योभन्दा पहिले सलमानलाई एक्सन फिल्मभन्दा बढी रोमान्टिक फिल्म खेल्ने नायकका रूपमा बुझिन्थ्यो। तेरे नाममा युपीको राधे भैया बनेका सलमान खानको हेयरकट स्टाइल कुनै जमाना निकै चलेको थियो। लामा कपालको निधारबीचमा सिउँदो काडेर कपाल पार्ने स्टाइलको धेरैले फलो गरे। तेरेनाममा पहिलो हाफमा बदमासी गर्ने भूमिकामा रहेका सलमानले दोस्रो भागमा थुप्रै समस्याको सामना गर्नुपरेको अभिनय छ।
पर्दामा सल्मान खानले पाएको उक्त दुःखले जोकोहीको मन छुने गर्छ। फिल्मको कथा निकै दुःखद भएकाले सबैको मन छुने गरेको हो। यसलाई सलमानले खतरनाक भूमिका निर्वाह गरेको एक फिल्ममध्ये लिन सकिन्छ।
कल हो ना हो
शाहरुख खानको यो फिल्ममा उनी प्रीति जिन्टालाई निकै माया गर्छन्। पछि उनी कहिले ठिक नहुने बिरामीबाट ग्रसित हुन पुग्छन्। त्यसपछि उनी प्रीतिलाई आफ्नो जीवनबाट टाढा बनाउने मात्र होइन कि सैफ अली खानसँग प्रीतिको सम्बन्ध जोड्न खोज्छन्।
शाहरुखको यो फिल्मको सन्देश भनेको ‘सच्चा प्यार त्यही हो जुन आफूले चाहेको मान्छेको खुसीका लागि जे पनि गर्न तयार हुन्छ।’ शाहरुखको यो एउटा यस्तो फिल्म हो जसमा उनले प्रीति जिन्टासँग मिलेर दर्शकका आँसु बगाउन सकेका छन्।
गुजारिस
ऋतिक रोशनको ‘गुजारिस’ औधी रुचाइएको फिल्म एक हो। ऋतिकले गुजारिसमा यस्तो अभिनय गरेका छन् कि एक समयमा जादुगर थिए । तर उनी त्यो जिन्दगीबाट आजित भएर मृत्यु चाहन्छन्। फिल्मको एक सिनमा उनलाई असहयोग गरेको देखिन्छ। जब ऋतिक आफ्नो कोठामा सुतिरहेका हुन्छन्, उनको शरीरमाथि पानी चुहिएको देखिन्छ। तर उनी केही गर्न सक्दैनन्। यो फिल्म सञ्जय लीला भन्सालीको सबभन्दो इमोसनल फिल्म हो। फिल्म हेर्न हलसम्म पुगेका अधिकांश दर्शकका आँखा रसाउँथे। यो फिल्ममा मन छुने कथावस्तु छ।
हाइवे
हाइवे इम्तियाज अलीको अति नै मन पराइएको फिल्म हो । यस फिल्ममा आलिया र रणदीप हुड्डाले अभिनय गरेका छन्। अरबपति बुवाकी छोरी हुँदा पनि आलिया एक्लो भएको महसुस गर्छिन्। उनी फिल्ममा आफ्नो मिर्गौला नै बेच्ने सोचमा पुग्छिन्। उनले फिल्मा थुप्रै दुःखद भूमिका निर्वाह गरेकी छन्। उनको भूमिकाले हलसम्म पुगेका दर्शकलाई रुवाउने गरेको थियो। उनले उक्त फिल्ममा अभिनय गरेको भूमिकाबाट बलिउडको उनको यात्रा लामो हुने सबैले अनुमान गरेका थिए।
लुटेरा
रणवीर सिंहले मसालेदार कथावस्तु भएका बलिउड फिल्मलाई प्राथमिकता दिएको पाइन्छ। तर, उनले गम्भीर फिल्ममा पनि आफ्नो दमदार अभिनय गर्ने गरेका छन्। विक्रमादित्य मोटवानीको फिल्म लुटेरामा उनले गरेको सानदार अभिनयको एक उदाहरण हो। यस फिल्मलाई सोनाक्षी सिन्हाको पनि महत्त्वपूर्ण फिल्मका रुपमा लिइन्छ। यो फिल्मका गीत र कथावस्तुले भिडियो कविता हेरेजस्तो अनुभूति गराउँछ। फिल्मको क्लाइमेक्समा अमित त्रिवेदीको म्युजिकले दिमागमा अमिट छाप छोड्ने गरेको छ। यो फिल्मले पनि थुप्रैको मन छोएको थियो।
राञ्झणा
रजनीकान्तका ज्वाइँ तथा एक्डर धुनुषले राञ्झणाबाट आफ्नो बलिउड करियरको सुरुवात गरेका हुन्। बनारसमा एक नौजवान जो एक केटीको प्यारमा सब कुरा त्याग्छ। फिल्ममा धनुषको बेवकुफिले हसाउँछ। तर, उनको पागलपनले सबैको मन छुन्छ। सबैलाई रुवाउँछ। आनन्द एल रायले फिल्मको पहिलो हाफमा धनुषलाई एक स्टारका रुपमा पेस गरेका छन्। तर, अन्तिम अन्तिमतिर उनले प्रेममा गरेको त्यागका कारण उनीप्रति मान्छेको मनमा सहानुभूति पैदा हुन्छ। उनको जीवन्त अभिनय मान्छेको मनमा बस्न सफल हुन्छ।
सदमा
श्रीदेवी र कमल हसनले फिल्म सदमा गरेको अभिनय हेर्दा नरुने दर्शक सायदै होलान् । पुरै फिल्मभरि कमल हसन श्रीदेवीको ख्याल गर्छन्। किनकि श्रीदेवीको होस हुँदैन। श्रीदेवीलाई एक दिन होस् आउँछ। आफूलाई चिन्नेछन्। आफ्नो प्यारलाई चिन्नेछन् भन्ने कमलको सोचाइ हुन्छ। श्रीदेवीको याद त आउँछ। तर, उनी कमललाई पूरै भुल्छिन्। उनी श्रीदेवीलाई विगत सम्झाउन लाख कोसिस् गर्छन्। तर, सफल हुँदैनन्। उनीहरुको त्यो कारुणिक कथाले जोकोहीको आँसु झर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४