काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि भएको छ। आज मंगलबार नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५६ कम्पनिका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता शेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ मा कारोबार भएको थियो। आज फाइनान्स, हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी मिड सोलु हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.७५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा ८.२३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेष्टमेन्टको ४४ करोड ४० लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख बराबरको कारोबार भएको छ।