सोमबार, असोज ५, २०८३

आज सेयर कारोबार नहुने

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं- नेपाल स्टक एक्सचेन्जले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ। नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित तथ्यांक केन्द्रमा प्राविधिक समस्या देखिएपछि आजको कारोबार स्थगित गरिएको हो।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसनले आजको कारोबार स्थगित गर्न आग्रह गरेको थियो। सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ।

सुचनामा भनिएको छ- 'मिति: २०८३/०६/०५ यस नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आज मिति २०८३/०६/०५ गतेको कारोबार स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ। यसबाट पर्न गएको असुविधा प्रति नेप्से क्षमा प्रार्थी छ।'

प्रकाशित: Sep 21, 2026| 11:36 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्