काठमाडौं,-टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै 'जोयफुल विक' विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। यो अवधिमा ग्राहकहरूले रु. ४.३ लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन्।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यो कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्ना पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा प्रवर्द्धन हुनुको साथै विभिन्न आकर्षक सुविधा र उपहार प्रदान गर्नु हो। यसको मुख्य सन्देश नै 'एक्सचेन्ज, प्रवर्द्धन, सेलिभ्रेट' रहेको छ।
यस अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले प्रत्येक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट इभर एक्सचेन्ज बोनसको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा प्रवर्द्धन गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ।
ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले यो समयावधिमा गाडी खरिद गर्ने ग्राहकहरूको लागि निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता सुविधासमेत समावेश गरिएको छ। यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिको आवश्यक सुविधामा समेत थप लाभ दिनेछ।
नयाँ टियागो ईभी अत्याधुनिक डिजाइन, विद्युतीय ड्राइभिंगको सहज अनुभव र दैनिक प्रयोगको लागि उपयुक्त विशेषताको कारण नेपाली बजारमा सर्वप्रिय रहेको विद्युतीय मोडल हो। आफ्ना पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहने ग्राहकहरूको लागि 'जोयफुल विक' ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई अझ उत्साहजनक बनाउने लक्ष्य राखेको छ।
यो अवसरमा ग्राहकले नेपालभर रहेको टाटा मोटर्सको आधिकारिक शोरुममा नयाँ टियागो ईभीका बारेमा जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा प्यान उपलब्ध अफरबारे बुझ्न सक्नेछन्। अभियान सीमित अवधिको लागि मात्र सञ्चालन हुने भएकोले इच्छूक ग्राहकले सेप्टेम्बर १९ देखि २६ सम्म यो विशेष अवसरको लाभ लिन सक्नेछन्।