आइतबार, असोज ४, २०८३

रियादमाथि हुथीको क्षेप्यास्त्र प्रहार

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको क्षेप्यास्त्र साउदी वायुसेनाले आकाशमै नष्ट गरेको जनाएको छ।

क्षेप्यास्त्र प्रहारको केही समयअघि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको थियो। अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका छन्।

हुथीले रियादसहित साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ। साउदी पक्षले भने तीमध्ये अधिकांश आक्रमण आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको जनाएको छ।

आक्रमणपछि रियादमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो भने विमानस्थलको उडान सेवामा केही समय अवरोध देखिएको थियो। पछिल्लो घटनाले साउदी अरब र हुथीबीचको तनाव थप बढेको छ।

प्रकाशित: Sep 20, 2026| 11:57 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्