शुक्रबार, असोज २, २०८३

साउनमा उपभोक्ता मुद्रास्फीति ५.६१ प्रतिशत

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६१ प्रतिशत पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो। 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६२ प्रतिशतले बढेको छ। त्यस्तै, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। 

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.१७ प्रतिशतले बढेको छ। मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४।०७ प्रतिशतले मूल्य वृद्धि भएको छ।

समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६।१८ प्रतिशत र सहरी क्षेत्रको ५.८८ प्रतिशतले बढेको छ। यसले ग्रामीण क्षेत्रमा मूल्यवृद्धिको दबाब सहरी क्षेत्रको तुलनामा केही बढी रहेको देखाएको छ।

प्रदेशगत आधारमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ६.९४ प्रतिशत रहेको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

क्षेत्रगत आधारमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१ प्रतिशत, तराईको ६.६४ प्रतिशत, पहाडको ५.९५ प्रतिशत र हिमालको ५.१० प्रतिशत रहेको छ। साउनमा विशेषगरी खाद्य वस्तु, यातायात र दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दा समग्र उपभोक्ता मुद्रास्फीतिमा समेत दबाब परेको देखिएको छ।

प्रकाशित: Sep 18, 2026| 18:06 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्