शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिंगल माल्टपछि रेयर माल्टतर्फ व्हिस्की पारखीको आकर्षण: के हो रेयर माल्ट?

सिंगल माल्टपछि रेयर माल्टतर्फ व्हिस्की पारखीको आकर्षण: के हो रेयर माल्ट?

 |  शुक्रबार, असोज २, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०८३

काठमाडौं- व्हिस्की प्रेमीहरूका लागि सिंगल माल्ट लामो समयदेखि पहिलो रोजाइ बन्दै आएकोमा अब उनीहरूको नजर 'रेयर माल्ट'तर्फ मोडिन थालेको छ। रेयर माल्ट केवल कुनै साधारण लेबल वा कानुनी वर्गीकरण मात्र नभई व्हिस्कीको वास्तविक उत्पत्ति, मौलिक चरित्र र दुर्लभताको एउटा विशिष्ट कथा भएको पारखीहरू बताउँछन्।

स्कच व्हिस्कीको नियम अनुसार सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच गरी पाँचवटा कानुनी श्रेणीहरू परिभाषित छन्। तर 'रेयर माल्ट' यी कुनै पनि कानुनी दायराभित्र पर्दैन। यसलाई कुनै कडा नियमावलीभन्दा पनि व्हिस्की कहाँबाट आयो र यसको उत्पादन कसरी भयो भन्ने कथाले चिनाउँछ।

स्कचका औपचारिक श्रेणीहरूले प्रयोग भएका सामग्री र उत्पादन गर्ने डिस्टिलरीलाई महत्त्व दिन्छन् भने रेयर माल्टको पहिचान भने अनुभवी मास्टरहरूले नियमित कास्कभन्दा फरक र असाधारण कास्कहरूबाट छनोट गरेर गर्छन्।

विश्वभर मानकीकृत ब्रान्डहरूको विस्तार हुनुअघि व्हिस्कीको आफ्नै विशिष्ट चरित्र हुन्थ्यो र हरेक ब्याचको स्वाद फरक हुन्थ्यो। तर पछिल्लो समय मानकीकरणका कारण ब्लेन्डेड स्कचमा एउटै स्वाद कायम राख्न थालिएपछि उपभोक्ताहरू थप विशिष्टता र भिन्न स्वादको खोजीमा लागेका हुन्। यही खोजीले गर्दा सुरुमा सिंगल माल्ट र अहिले रेयर माल्टको लोकप्रियता ह्वात्तै बढेको छ।

रेयर माल्टको सुरुवात सन् १९९० को दशकको मध्यतिर स्कटल्यान्डबाट भएको मानिन्छ। त्यतिबेला वर्षौँअघि बन्द भइसकेका पुराना डिस्टिलरीका विशेष स्टकहरूलाई सामान्य ब्लेन्डमा मिसाएर तिनको पहिचान गुमाउनुको सट्टा तिनको मौलिकता र उत्पत्ति प्रष्ट देखिने गरी बोतलमा भरेर बजारमा ल्याइएको थियो।

अहिले बजारमा सीमित परिमाणमा उपलब्ध हुने, दोहोरिन नसक्ने र आफ्नै बलियो चरित्र बोकेका यस्ता रेयर माल्ट व्हिस्कीहरू नयाँ पुस्ताका पेयप्रेमीहरूमाझ निकै लोकप्रिय बन्दै गइरहेका छन्।

प्रकाशित: Sep 18, 2026| 16:37 शुक्रबार, असोज २, २०८३
प्रतिक्रिया दिनुहोस्