काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले विश्वकर्मा पूजाको अवसर पारेर एकै दिन देशभर १५० वटा टाटा गाडी ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। नेपालमा नयाँ सवारी साधन खरिद गर्ने र पूजाआजा गर्ने विशेष दिनको रूपमा विश्वकर्मा पूजा लोकप्रिय रहँदै आएको छ। सोही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ वटा शोरूममार्फत ग्राहकलाई १५० वटा टाटा गाडीको डेलिभरी दिएको हो।
विश्वकर्मा पूजाका दिन डेलिभरी गरिएका गाडीहरूमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय (EV) मोडलहरू— नयाँ टियागो ईभी, नयाँ पञ्च ईभी, नेक्सन ईभी रिलोड र कर्व ईभीका साथै विभिन्न आईसीई (ICE) इन्जिनयुक्त मोडलहरू रहेका छन्। तीमध्ये अधिकांश गाडीहरू यसै वर्ष आयोजना गरिएका नाइमा नेपाल मोबिलिटी एक्सपो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका थिए। अटो शो र एक्सपोमा ग्राहकहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि बुकिङ प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको शुभ अवसर पारेर हस्तान्तरण गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ।
नेपालमा विद्युतीय सवारी साधनप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ। विशेष गरी नयाँ टियागो ईभी, नयाँ पञ्च ईभी, नेक्सन ईभी रिलोड र कर्व ईभीप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ।
विश्वकर्मा पूजाको शुभ अवसरमा एकै दिन ठूलो संख्यामा टाटा गाडी डेलिभरी हुनुलाई नेपाली बजारमा टाटा मोटर्सप्रति ग्राहकको निरन्तर विश्वास र रुचिको संकेतका रूपमा लिइएको छ। सिप्रदी ट्रेडिङले ग्राहकहरूलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुसारका सवारी साधन उपलब्ध गराउँदै आएको जनाएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको दिनमा नयाँ गाडी घर भित्र्याउने परम्पराले डेलिभरी कार्यक्रमलाई अझ विशेष बनाएको थियो। सिप्रदी ट्रेडिङका अनुसार ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै टाटा मोटर्सका नयाँ मोडलहरू नेपाली बजारमा निरन्तर प्रस्तुत गर्दै लगिनेछ।