काठमाडौं- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ। आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेकाे उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु एक लाख पाउनेछन्। साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन्।