बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा छनोट भएको छ। नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय गेमिङ प्रतियोगिताहरूमध्ये एक मानिने यस आयोजनाका लागि आवश्यक सम्पूर्ण इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ।

व्यावसायिक ई-स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीपका साथै इन्टरनेटको गति, स्थिरता र न्यून विलम्बता (Low Latency) मा प्रत्यक्ष निर्भर हुन्छ। खेलका क्रममा हुने केही मिलिसेकेन्डको अवरोधले पनि नतिजा बदल्न सक्ने भएकाले पीएमजीओजस्तो ठूलो प्रतियोगिताको जिम्मेवारी पाउनुलाई भायानेटले आफ्नो नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाणका रूपमा लिएको छ।

यसअघि पनि भायानेटले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा आधिकारिक इन्टरनेट साझेदार भई सेवा प्रदान गरिसकेको छ। यस साझेदारीमार्फत भायानेटले नेपालको गेमिङ तथा ई-स्पोर्ट्स क्षेत्रको विकास र पूर्वाधार निर्माणमा आफ्नो संलग्नतालाई थप मजबुत बनाएको छ।

प्रकाशित: Sep 16, 2026| 10:44 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्