काठमाडौं- यामाहा नेपालले आसन्न दशैंलाई लक्षित गर्दै “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक चाडपर्व अफर सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकले विभिन्न उपहारसहित १० लाख रुपैयाँसम्म नगद र बम्परमा यामाहाको चर्चित ‘आर-१५’ मोटरसाइकल जित्ने मौका पाउनेछन्।
कम्पनीका अनुसार ग्राहकले क्युआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्दा नै १ लाख रुपैयाँसम्मका पुरस्कार जित्न सक्नेछन्। सवारीसाधन खरिदको भेरिफिकेसनपछि भने १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर मिल्नेछ।
साथै, दर्ता भएका ग्राहकहरूलाई हरेक हप्ता विभिन्न हाइटेक ग्याजेटहरू प्रदान गरिनेछ भने एक जना भाग्यशाली ग्राहकले ग्रान्ड प्राइजस्वरूप यामाहा आर–१५ मोटरसाइकल पाउनेछन्। चाडपर्वमा खरिदलाई सहज बनाउन कम्पनीले पुरानो मोटरसाइकल तत्काल साट्न मिल्ने ‘स्पट एक्सचेन्ज’ र नागरिकताको भरमै फाइनान्सिङ हुने ‘लैजाऊ घर, नागरिकताको भरमा’ सुविधासमेत ल्याएको छ।
यसका साथै यामाहाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानबाट भएको आम्दानीको केही हिस्सा हालैको बाढी प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने घोषणा गरेको छ।यो अफर यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ।