बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ आयोजना हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ आयोजना हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता ‘साउथ एसिया फाइनल्स २०२६’ आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा चारदिने प्रतियोगिता सञ्चालन हुनेछ।

एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको यस प्रतियोगिताले नेपालमा ई-स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता अवधिभर दर्शक तथा खेलाडीहरूका लागि विशेष ‘एक्स्ट्रिम एक्सपेरियन्स जोन’ सञ्चालन गरिनेछ।

जहाँ गेमिङ च्यालेन्ज, वाच पार्टी, मनोरञ्जनात्मक खेलहरू, फोटो बुथ तथा तत्काल उपहार जित्न सकिने विभिन्न आकर्षणहरू रहने आयोजकले जनाएको छ। यस प्रतियोगिताले रोमाञ्चक खेलसँगै दर्शकहरूलाई मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित: Sep 16, 2026| 10:24 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्