मंगलबार, भदौ ३०, २०८३

नेप्सेमा ४८.५७ अंकको वृद्धि, ८ अर्ब २९ करोडको कारोबार

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौँ। नेप्सेमा आज वृद्धि भएको छ। आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९  करोड १७ हजार ११५ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १४.९६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ११.०३ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको डिभेन्चर ८६ को शेयर ५.५५ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३१ करोड ५६ लाख बराबरको कारोबार भएको छ।

प्रकाशित: Sep 15, 2026| 15:39 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्