सोमबार, भदौ २९, २०८३

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

कोषको रकममध्ये नौ वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ र दुई वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर रहेको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा पूर्वाधार पुनर्निर्माण र नागरिकको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 14, 2026| 19:31 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्