काठमाडौं- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहीन भएका तथा प्रभावित परिवारहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले राहत सामग्री वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भदौ २५ गते १०० थान टेन्ट (त्रिपाल) र १०० थान स्लिपिङ ब्याग राहत स्वरूप जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत पीडितहरूलाई उपलब्ध गराएको हो।

यसैगरि भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ।
यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा रु. २,११,११,१११/- (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रूपैयाँ) को चेक हस्तान्तरण गरिसकेको छ।
बाढीको अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैंकले प्रभावित समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ।