शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाको 'राइट टु रिकल' सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

रास्वपाको 'राइट टु रिकल' सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।

पार्टीको २०८३ भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिले जनप्रतिनिधिलाई मतदाताले कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्नेछ।

समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन्। सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।

रास्वपाले समितिलाई ‘राइट टु रिकल’ सम्बन्धी विषयमा आवश्यक अध्ययन तथा छलफल गरी पार्टीको धारणा र प्रस्तावलाई दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी दिएको जनाएको छ।

प्रकाशित: Sep 11, 2026| 19:24 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्