शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, बादलले छुट्टै प्रतिवेदन पेस गर्ने

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, बादलले छुट्टै प्रतिवेदन पेस गर्ने

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- नेकपा एमालेको पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने तय भएको छ।

गत जेठ १० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन तथा निर्वाचनको समीक्षा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले तल्ला तहबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार गरिसकेको छ।

पार्टी महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनको मस्यौदा तयार पारे पनि यसअघि बैठक बस्न सकेको थिएन। कार्यदलको समग्र प्रतिवेदन महासचिव पोखरेलले तयार पारेका थिए र उक्त प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकिएको थियो।

तर, कार्यदलका संयोजक बादलले आजको बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन्। बादलले तयार पारेको प्रतिवेदनमा कार्यदलको प्रतिवेदन निर्वाचन समीक्षामा केन्द्रित हुनुपर्नेमा त्यसको सट्टा अध्यक्षलाई हटाउने आधार तयार पार्ने प्रयास गरिएको उल्लेख गरेका छन्। कार्यदल गठन भएदेखि नै ‘पुनर्गठन’ भन्नाले अध्यक्षलाई पदबाट हटाउने भन्ने चर्चा, परिचर्चा र प्रचार व्यापक भएको भन्दै यसबाट पार्टी पंक्ति र जनमानसमा भ्रम सिर्जना भएको पनि बादलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्।

बादलले ओली नेतृत्वको बचाउ गर्दै अहिलेको राजनीतिक परिस्थिति विगतको भन्दा फरक रहेको र नेतृत्वलाई विस्थापन गर्नुपर्ने आधार नरहेको दाबी गरेका छन्।

बादलले पार्टीको मुख्य नेतृत्वले प्रतिक्रियावादी वा विदेशी शक्तिसामु घुँडा टेकेको, अनुचित वा गलत साँठगाँठ गरेको, पार्टी महाधिवेशनको भावना र मर्मविपरीत काम गरेको, पार्टी सञ्चालन गर्न नसकेको वा पार्टीको आधारभूत हित र चरित्र जोगाउन नसकेको भन्ने आधार नदेखिएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन।

प्रकाशित: Sep 11, 2026| 11:06 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्