शुक्रबार, भदौ २६, २०८३

प्रतिनिधिसभाको बैठक बस्दै

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
 
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ।

प्रकाशित: Sep 11, 2026| 06:14 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्