बिहीबार, भदौ २५, २०८३

नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ।

टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो एक्स्काभेटर हटाएर अहिले हरियो एक्स्काभेटरबाट उद्धार तथा भग्नावशेष हटाउने काम भइरहेको छ। इन्जिनियर गोकर्ण चौधरीका अनुसार नयाँ एक्स्काभेटरले काम छिटो र प्रभावकारी भएको छ। 

नयाँ एक्स्काभेटर प्रयोगमा ल्याएसँगै उद्धार टोली टनेलको नजिक पुगेको छ। लेदो, ढुंगामुढा एवम कंक्रिटका कारण उद्धार गर्न कठिन भइरहेकाबेला नयाँ एक्स्काभेटरमार्फत काम छिटो अघि बढेको छ। 

नयाँ टनेलभित्र फसेकाहरूको खोजीका लागि एक्स्काभेटरबाट अवरोध हटाउने काम धमाधम भइरहेको चौधरीले जानकारी दिए। 

यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ पनि उद्धार कार्यको अनुगमन तथा समन्वयका लागि फिल्डमै सक्रिय देखिएका छन्।

प्रकाशित: Sep 10, 2026| 12:54 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्