काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा ४ जना र गण्डकीमा ५ जना घाइते भएका छन्।