बिहीबार, भदौ २५, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनालाई निरन्तरता दिइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय बैठकले लिने सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 10, 2026| 10:58 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्