बिहीबार, भदौ २५, २०८३

यी नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी, कर्णाली, महाकालीसहित प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढीको जोखिम रहेको छ।

यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी तथा आसपासका जिल्लामा समेत सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आजदेखि आगामी दुई दिनसम्म अधिकांश नदीमा जलसतह बढ्ने र केही साना नदीमा बहाव अचानक बढ्न सक्ने जनाएको छ।

प्रकाशित: Sep 10, 2026| 09:54 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्