बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रसुवाका बाढीपहिरो पीडितको राहतका लागि भायानेटद्वारा प्रधानमन्त्री कोषमा २० लाख रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितको राहतका लागि भायानेटद्वारा प्रधानमन्त्री कोषमा २० लाख रुपैयाँ सहयोग

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- रसुवामा हालै आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले सहयोगको हात बढाएको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख (बीस लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त रकम सहयोग गरिएको भायानेटले जनाएको छ। संकटको समयमा राहत तथा पुनर्गठनका कार्यमा सहयोग पुर्‍याउनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को महत्वपूर्ण पक्ष रहेको कम्पनीको विश्वास छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत हस्तान्तरण गरिएको यस सहयोगबाट रसुवाका बाढी पीडितका लागि सरकारको नेतृत्वमा भइरहेका उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरूमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

भायानेटले यस दुःखद् विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, जोखिमका बीच निरन्तर उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा मानवीय सहायता संस्थाहरूप्रति भायानेटले आभार प्रकट गरेको छ।

प्रकाशित: Sep 09, 2026| 10:02 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्