मंगलबार, भदौ २३, २०८३

कांग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं। नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन पत्र लेखेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले  प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी, पार्किङ स्थल तथा बगैचा बुक गरिदिन पत्र लेखेको हो। 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्न लागेको हो। 

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि राष्ट्रिय सभा गृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वाससमेत कांग्रेसले व्यक्त गरेको छ।

प्रकाशित: Sep 08, 2026| 18:30 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्