सोमबार, भदौ २२, २०८३

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले आज साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका हुन्। उनले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको उल्लेख गरे। मन्त्री श्रेष्ठले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितको पुनस्र्थापनामा सरकार गम्भीरतापूर्वक लागि परेको प्रस्ट पारे। कार्यक्रममा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निधन भएका नागरिकको सम्मानस्वरुप आज राष्ट्रिय शोक मनाएको छ।

प्रकाशित: Sep 07, 2026| 21:50 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्