काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन्।
परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे।
सो अवसरमा दुई देशका विदेशमन्त्रीहरूबीच जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूले भोग्नुपरेका साझा चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो।
फोनवार्तामा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउन र प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन प्रतिबद्धता गरेका छन्।