सोमबार, भदौ २२, २०८३

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नुवाकोटमा

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन्।

राष्ट्रपति पौडेलले विदुरमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनःउत्थानका कामबारे जानकारी लिने कार्यक्रम रहेको छ।

उनले प्रभावित क्षेत्रसँगै होल्डिङ सेन्टरको समेत स्थलगत अवलोकन गर्नेछन्।

प्रकाशित: Sep 07, 2026| 13:45 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्