काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोको टेलिफोन वार्ता भएको छ।
लामिछानेसँग टेलिफोन कुराकानी गर्दै रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
टेलिफोन कुराकानीमा रुबियोले नेपाली जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका थिए। उनले नेपाललाई आवश्यक थप सहयोग गर्न अमेरिका तयार रहेको समेत बताएका थिए।
जवाफमा लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका थिए। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए।
लामिछानेले विपद्को कठिन समयमा अमेरिकी सरकारले दिएको सहयोगप्रति रुबियोलाई धन्यवाद दिएका थिए।