शनिबार, भदौ २०, २०८३

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्रबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो। 

उद्धार गरिएका व्यक्तिलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकतर्फ ल्याइँदैछ। 

भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो।

प्रकाशित: Sep 05, 2026| 15:24 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्