शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। 

उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’

प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना दिएका छन्।

प्रकाशित: Sep 04, 2026| 08:01 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्