शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वरिष्ठ नेता नेपालको घोषणा : अब एमाले पुनर्गठन गरेर क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ

वरिष्ठ नेता नेपालको घोषणा : अब एमाले पुनर्गठन गरेर क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एकताका सबै ढोका बन्द भएकाले एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले एकताको ढोका ओलीले नै बन्द गरेको आरोप लगाए।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एकताका सबै ढोका बन्द भएकाले एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले एकताको ढोका ओलीले नै बन्द गरेको आरोप लगाए। नेता नेपालले अब पुनर्गठन हुने एमाले क्रान्तिकारी हुने पनि बताए। उनले १४ जना सांसदमाथि कारबाही गरेको प्रति संकेत गर्दै भने, ‘ओलीले नै एकताको ढोका बन्द गर्नुभएको छ।’ उनले एमाले पुनर्गठन गरे पनि एकताका लागि सधैं ढोका खुला रहेको बताए। 

नेता नेपालले पार्टी पुनर्गठन प्रक्रियामा जुट्न देशभरका कार्यकर्तालाई आग्रह गरेका छन्। उनले नयाँ पार्टीकाे नाम के हुने भन्नेचाहिँ केही बताएनन्। नेपालले भने, 'सबै कार्यकर्ताहरु निराश नहुनुहाेला। सक्रिय र आशावादी भएर पार्टी निर्माण प्रक्रियामा जुट्नुहाेला।' सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमालेकाे नेपाल समूह पार्टी पुनर्गठन प्रक्रियामा लागेको हो।

राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन पतनतर्फ उन्मुख भएको आरोप लगाउँदा आन्दाेलन माथि उठाउन यस्ताे निर्णय लिनुपरेको भनाइ राखे। उनले ओलीकै कारण लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलिब्ध पनि गुम्ने खतरामा रहेको बताए। उनले भने, ‘ओलीकै कारण राम्रो काम गरेर गर्ने अवसरबाट पार्टी च्यूत भएको छ। कम्युनिस्ट आन्दोलन उचाइमा लैजान अवरोध भएको छ। अब सही दिशातर्फ लैजानेछौं।’ 

 ‘ओलीकै कारण राम्रो काम गरेर गर्ने अवसरबाट पार्टी च्यूत भएको छ। कम्युनिस्ट आन्दोलन उचाइमा लैजान अवरोध भएको छ। अब सही दिशातर्फ लैजानेछौं।’ 

नेता नेपालले पार्टी विभाजन गर्न केपी ओली आफैं लागिपरेको बताए। नेता नेपालले भने, ‘ओली पार्टीको नेता होइन, गुटको नेता हो। उहाँ पद कसरी जोगिएला भन्ने चिन्तामा हुनुहुन्छ।’ यस्तै ओलीका प्रत्येक वाणीमा आत्मालोचनाको संकेत नरहेको नेपालले बताए। आफूले गल्ती गरेको भनेर फर्केर हेर्ने प्रवृत्ति ओलीमा नरहेको उनको भनाइ छ। उनले भने, ‘सबै दोषको भागीदार अरू नै हुन् भनेर औंला ठड्याएर होच्याउने र आफूलाई सर्वाधिकार सम्पन्न ठान्ने स्वभाव छ। सबैको विचार लिएर सिंगो पार्टीलाई ऊर्जा दिने भावना ओलीमा छैन।’ सत्तामा पुगिसकेपछि दम्भ बढ्दा ओलीकै कारणबाट पार्टी पतनतर्फ लागेको उनको भनाइ छ। 

सत्तामा रहँदा पनि एकलौटी श्रेय लिने भावनाबाट केन्द्रित भएर चल्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। ओलीले तत्कालको संकट टार्न मात्र कुरा गर्ने गरेको भनाइ नेपालको छ। कम्युनिस्टमा रहेको त्याग र विचारको संकेत ओलीमा नरहेको नेता नेपालले बताए। उनले ओलीले दक्षिणपन्थी अवसरवादी प्रवृत्ति अंगालेकै कारण पार्टीमा विवाद भएको बताए। उनले भने, ‘ओलीमा व्यक्तिवाद हावी भयो। कमिटी पद्धतिलाई आफूखुसी प्रयोग गर्न खोज्दा यस्तो अवस्था आएको हो।’ ओलीले महन्थ ठाकुरजस्ता राष्ट्रियताप्रति कमजोर चरित्र भएका व्यक्तिलाई काखी च्यापेर पार्टीमा लामो समय त्याग गरेका नेताकार्यकर्तालाई पाखा लगाएको आरोप नेपालको छ। पछिल्लोपटक घनश्याम भुसाललाई ओलीसँग वार्ता गर्न पठाउँदा सफल हुन नसकेको उनको भनाइ छ। 

प्रकाशित: Aug 17, 2021| 17:54 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...