बिहीबार, भदौ १८, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने तय छ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

माननीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले 'नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची छ।

माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Sep 03, 2026| 06:44 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्