धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन्।
अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका छन्।







