बुधबार, भदौ १७, २०८३

गण्डकीमा मन्त्री बने गोरखाका फणिन्द्र देवकोटा

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले  नेपाल समाजवादी पार्टी गोरखाका सांसद फणिन्द्र देवकोटा गण्डकी प्रदेश सरकारमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन्। गण्डकीमा एमालेले सरकार छाडेपछि पाण्डेले देवकोटालाई सरकारमा ल्याएका छन्। यसअघि ऊर्जामन्त्री रहेका कांग्रेसका नन्दप्रसाद न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन्।

५९ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन्। त्यस्तै राप्रपाका २ सांसद रहेका छन्। 

यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन। एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट रहेको छैन।

प्रकाशित: Sep 02, 2026| 12:23 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्