काठमाडौं- आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ।
आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ। आजको बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल हुने समितिले जानकारी दिएको छ।
त्यसैगरी आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक अपराहन्न सवा १२ बजेदेखि शुरु हुदैछ। आजको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ।