बुधबार, भदौ १७, २०८३

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

 |  बुधबार, भदौ १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०८३

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो। 

बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। जसमाथि सबै दलका नेताहरूले बोल्नेछन्। यसअघि भदौ १०  मा  भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो।

संघीय संसद सचिवालयले आजको बैठकमा पेश हुने विशेष प्रस्ताव बारे भनेको छ- 'प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी - त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। साथै, उक्त घटनाबाट घरबार विहिन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।'

प्रकाशित: Sep 02, 2026| 06:57 बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्