काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बुधबार दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो।
बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ। जसमाथि सबै दलका नेताहरूले बोल्नेछन्।
यसअघि भदौ १० मा भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो।