मंगलबार, भदौ १६, २०८३

कुलमान भन्छन्- सुरुङ भित्र पावर हाउससम्म पुगेर उद्धार गर्नुपर्छ

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको स्थलगत निरीक्षण गरी धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेका थिए। त्यसपछि भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउसतर्फ जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरेको उनले बताएका छन्।

तर सुरुङभित्र मानिस नभेटिएको समाचार आएको भन्दै घिसिङले कर्मचारीहरू पावर हाउसको नियन्त्रण कक्षमा रहने भएकाले अब पावर हाउससम्म प्रवेश गर्ने उपाय खोजेर त्यहाँ फसेका कर्मचारीको तत्काल उद्धार गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Sep 01, 2026| 12:04 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्