मंगलबार, भदौ १६, २०८३

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बढी आएको दोस्रो दिन भदौ ११ गते सर्बदलीय बैठक बोलाएका थिए। सर्बदलीय बैठकले संयुक्त संयन्त्र बनाउने निर्णय गरेपछि त्यो अहिलेसम्म कार्यान्यनमा भने आएको छैन।

प्रकाशित: Sep 01, 2026| 09:16 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्