बुधबार, असार ४, २०८२

अमिताभलाई रेखाबाट यसरी खोसिन् जयाले

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – अमिताभ, रेखा र जयाको धेरैलाई थाहा नभएको एउटा पुरानो तर अनौठो रहस्य छ। जसको चर्चा गर्दा अहिले पनि धेरैलाई रोचक लाग्न सक्छ।

सन् १९७७ को कुरा हो, रेखाले सिउँदोमा सिन्दुर भरेको र आमा बन्ने खबर मिडियामा दिएर अभिताभसँग सम्बन्ध रहेको प्रमाणित गर्न लागेकी थिइन्। अर्कोतिर रेखाका कारण आफ्नो परिवारमा खलल आउन सक्ने भन्दै जया सचेत भएकी थिइन्।

एक दिन अमिताभ एउटा फिल्म सुटिङका क्रममा मुम्बईभन्दा बाहिर थिए। सोही मौका छोपेर जयाले रेखालाई फोन गरिन्। जयाको फोन उठाउँदा रेखाले सोचेकी थिइन्– जयाले आज केही नराम्रो कुरा भन्ने छिन्। तर, त्यस्तो भएन।

जयाले फोन गरेर रेखालाई आफ्नो घरमा बोलाइन्। त्यसपछि रेखा सोच्न थालिन्– अब जयाले आफ्नो घरमा बोलाएर बेइज्जत गर्नेछिन् र ठूलो झगडा नै पर्नेछ। तर, जयाले आफ्नो घर बोलाएर रेखालाई राम्रो आतिथ्य सत्कार गरिन्।

डिनरपछि जब रेखा जब घर फर्किन थालिन् तब जयाले भनिन्, ‘चाहे जे सुकैहोस्, म अमिताभलाई छोड्ने छैन।’

त्यसको दोस्रो दिन सञ्चारमाध्यममा जया र रेखाको डिनरलाई लिएर खुब किस्सा चले। त्यसबारेमा चलेका किस्साबारे न जयाले केही प्रतिक्रिया दिइन्, न रेखाले। यो डिनरपछि एकाएक अमिताभको जिन्दगी बदलियो।

अमिताभले जयाले आफ्नो रेखासँगको सम्बन्धका बारेमा थाहा पाइसकेको बुझे र रेखासँग टाढिन थाले। उक्त कुराका जानकारका अनुसार जयाले रेखालाई उक्त डिनर नदिएको भए रेखा अमिताभको जिन्दगीमा दोस्रो श्रीमतीका रुपमा भित्रिएकी हुन्थिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्