काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २८ सयले बढेर तोलाको ३ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४९८५ मा कारोबार भएको थियो।