काठमाडौं– नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ। पार्टी विभाजन गर्न अघि बढेको भन्दै उनीहरुमाथि कारवाही भएको हो।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले कारवाहीको प्रक्रिया सुरु भइसकेको बताए। उनका अनुसार उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको छ र त्यसको सूचना संसद् सचिवालयलाई सूचना दिइएको छ।
यी हुन् कारवाहीमा पर्ने सांसदहरू
माधव नेपाल
जीवनराम श्रेष्ठ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणी चौधरी
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
सरला यादव
कलिला खातुन