सोमबार, भदौ १, २०८३

बक्स अफिसमा गौथलीको शानदार प्रदर्शन जारी, अन्य ले कति कमाए ?

 |  सोमबार, भदौ १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०८३

काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ। 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन ३१ गते आइतबारसम्मको चलचित्र गौथली, हली र कमला मिसको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो। 

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ। साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २३ करोड ५५ लाख १२ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ८ लाख ५५ हजार ७५२ टिकट बिक्री गरेको छ।

त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २१ लाख ७७ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ७ हजार ७१० टिकट विक्री गरेको छ।

त्यसैगरी साउन २२ गतेदेखि नै रिलिज भएको नीर शाहद्वारा निर्देशित कमला मिसले २ लाख ६१ हजार ८४५ कमाई गरेको छ भने ७१८ टिकट बिक्रि भएको छ।

प्रकाशित: Aug 17, 2026| 16:50 सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्