शुक्रबार, जेठ १, २०८३

१६ वर्षे अविनको 'मेरो आँखामा' सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – अवनिस भट्टराईको स्वरमा रहेको ‘मेरो आँखामा’ बोलको गीत सार्वजनिक भएको छ। दार्जिलिङको सेन्सल स्कुलमा १० कक्षामा अध्ययनरत अविन १६ वर्षका भए ।

काठमाडौंको पुरानोबानेश्वर निवासी अवनिसले सानै उमेरमा गीत गाउँन पाउँदा खुशी लागेको बताए। ‘बाबा पनि पहिले गीत गाउनु हुन्थ्यो’, उनले भने, ‘मेरो पनि सानैदेखि गीतप्रति रुची थियो। यी सबै कुराले म यो क्षेत्रमा आकर्षीत भएको हुँ। सानै उमेरमा गीत गाउँने अवसर पनि पाएँ। खुशी लागि रहेको छ।’

सुहन मानन्धरले गीत लेख्नुका साथै संगीत भरेका छन्। गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ। म्युजिक भिडियोको डाइरेक्सन अनिलके मानन्धरले गरेका छन्। 

भिडियोको छायाङ्कन चोभार, टीयुलगायतका स्थानमा गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्