सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा शक्तिशाली आँधी 'डल्फिन'को प्रवेश: १० लाखभन्दा बढी मानिसको उद्धार

चीनमा शक्तिशाली आँधी 'डल्फिन'को प्रवेश: १० लाखभन्दा बढी मानिसको उद्धार

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- शक्तिशाली आँधी ‘डल्फिन’ चीनको पूर्वी क्षेत्रमा प्रवेश गरेपछि सांघाईसहित विभिन्न स्थानबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

झेजियाङ प्रान्तमा आँधी प्रतिघण्टा १५० किलोमिटरसम्मको वेगमा प्रवेश गरेको थियो। आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द भएका छन् भने यातायात सेवा प्रभावित भएको छ।

चीनका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेकाले बुधबारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। झेजियाङको वनचौमा मात्रै करिब ९ लाख र ताइचौमा ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

आँधीका कारण सांघाईका केही पर्यटकीय क्षेत्र बन्द गरिएका छन्। झेजियाङमा आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

‘डल्फिन’ले चीन पुग्नुअघि फिलिपिन्स, ताइवान र जापानको ओकिनावामा समेत भारी वर्षा र हावाहुरी गराएको थियो। फिलिपिन्समा आँधी र वर्षाका कारण ८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित: Aug 10, 2026| 15:33 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्